Use APKPure App
Get Simta Gaupalika old version APK for Android
यह आधिकारिक एप्लिकेशन है। आप सभी सिम्ता से संबंधित जानकारी प्राप्त कर सकते गाउँपालिका
सुर्खेत जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने सिम्ता गाउँपालिका साबिकको घोरेटा,काफलकोट,आग्रिगाउँ,बजेडिचौर,राकम,काप्रिचौर,डाँडाखाली र खानीखोला गरी आठवटा गाउँ बिकास समिति मिलेर बनेको गाउँपालिका हो। सिम्ता गाउँपालिकालाई नौबटा वडामा बिभाजन गरिएको छ। पुरानो घोरेटा गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं १ कायम गरिएको छ। काफलकोट गाउँ विकास समितिका १ देखि ९ वडाहरुलाई सिम्ता गाउँपालिकाको वडा नं २ र आग्रिगाउँ गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ३ कायम गरिएको छ। त्यसैगरी बजेडिचौर गाउँ विकास समितिका वडा नं ५ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ४ र वडा नं १ देखि ४ लाई सिम्ता गाउँपालिकाको वडा नं ५ कायम गरियको छ। राकम गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ६ र काप्रिचौर गाउँ बिकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ७, डाँडाखाली गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ८ र खानीखोला गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ९ कायम गरिइको छ । यस गाउँपालिकाको केन्द्र साबिक बजेडिचौर गाउँ बिकास समितिको कार्यालयलाई कायम गरिइको छ । जिल्ला सदरमुकाम वीरेन्द्रनगर देखि १९ कोष पूर्वमा अवस्थित यो गाउँपालिका जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पर्दछ । तुलानात्मक रुपमा उत्तर दक्षिण फैलिएको गोलो आकृती भएको यो गाउँपालिकाको अक्षांश २८ ६४' उत्तर सम्म र देशान्नतर ८१ ८६' पूर्व सम्म फैलिएको छ । सिम्ता गाउँपालिकाका अधिकांश खेतियोग्य जमिनहरु आकाशे पानीमा आधारित छन । सिंचाईको प्रयाप्तता छैन । यस गाउँपालिकाको जनसंख्या २०६८ सालको जनगणना अनुसार २५,८४५ रहेको छ ।द्वारा डाली गई
ေအာင္ ပိုင္
Android ज़रूरी है
Android 4.4+
श्रेणी
रिपोर्ट
Last updated on Jul 21, 2018
Bug fix
Simta Gaupalika
codeforcore
0.0.3
विश्वसनीय ऐप